Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Articles »
२०७० का चलचित्र क्वालिटी भन्दा क्वान्टिटीकै वर्चश्व
image
 
शान्तिप्रिय
२०७० का चलचित्रहरु संख्यात्मक हिसाबले हेर्दा करिब सयको हाराहारीमा प्रदर्शनमा आए । सानो चलचित्र उद्योग तर संख्यात्मक हिसाबले हेर्दा निकै ठूलो उद्योगजस्तो देखिने नेपाली चलचित्र उद्योगको परिपाटी यसपटक पनि दोहोरियो । भोजपुरीमा डब गरिएका तीन सिनेमासहित ९७ वटा चलचित्रहरु यसवर्ष प्रदर्शनमा आए । तर दु:खका साथ के भन्नुपर्छ भने यी ९७ चलचित्रहरुबाट उत्कृष्ट दश चलचित्रको नाम छान्ने हो भने पनि निकै नै गाह्रो हुन्छ । अर्थात् हामी नराम्रा चलचित्रहरुको भीडबाट नराम्रोको राम्रो छान्ने क्रममा यसवर्ष पनि रह्यौं । खासमा भन्नु पर्दा चलचित्रलाई बुझेर निर्माण गर्नेभन्दा पनि लहडको भरमा चलचित्रमा प्रवेश गर्नेहरुको वर्चश्वले नै नेपाली चलचित्र उद्योगलाई तानिरह्यो । जसका कारण संख्यात्मक रुपमा त हामीले धेरै चलचित्र पायौं, गुणस्तरका हिसाबले भने खासै चलचित्र आउन सकेनन् । 
यसो भन्दैमा यसवर्षको चलचित्र उद्योग पुरै निराशामय भयो भनेर भनिहाल्ने ठाउा भने छैन । विगतका वर्षहरुमाजस्तो खाली दर्शकहरुले चलचित्र हेरिदिएनन् भनेर गुनासो मात्रै गर्ने, राम्रा चलचित्रमा ध्यान नदिने हिसाबमा दोस्रो भाषा मात्रै प्रयोग भयो भन्दा हुन्छ । किनभने हामीले खासै राम्रा चलचित्रहरु दिन भने अझै पनि सकिरहेका छैनौं । तर दर्शकहरुले यिनै नराम्राहरुका बीचमा पनि केही नराम्रा लागेका चलचित्रहरुलाई हेरिदिए । जसका कारण वर्ष २०७० लाई पुरै निराशाको वर्ष भनेर भनिहाल्नुपर्ने अवस्था देखा परेन । केही कलात्मक धारमा चलचित्र बने भने केही अत्याधिक व्यवसायिक धारमा चलचित्रहरु बने । यस वर्षलाई हिसाब गर्दा अत्याधिक व्यवसायिक धारमा बनेका चलचित्रहरु ६ एकान ६, काली, जस्ता चलचित्रहरु पनि यस वर्ष व्यवसायिक हिसाबमा सफल रहे भने कलात्मक धारमा निर्माण भएको चलचित्र झोलाले पनि व्यवसायिक रेकर्ड भने राख्यो । खासमा भन्नु पर्दा थोरै दर्शकका कारण कलात्मक र व्यवसायिक चलचित्रका दर्शक हामीले छुट्याउन नसकिरहेको अवस्थामा दुवै हिसाबमा बनिरहेका चलचित्रहरुलाई दर्शकहरुले साथ दिनु भनेको उपलब्धिको रुपमा भने लिनुपर्ने हुन्छ । भलै नेपाली चलचित्र उद्योग सकारात्मक बाटोमा पुगिसकेको अवस्थामा नभए पनि पुरै नकारात्मक अवस्था भने छैन भन्ने कुरा यी फरक धारका चलचित्रहरुले व्यवसायिक रुपमा पाएको सफलतालाई लिनु पर्ने हुन्छ । 
नेपाली चलचित्र उद्योगमा स्टारडम छ की छैन भनेर बेला बेलामा चर्चा र विवाद हुने गरेको छ । यस वर्षको चलचित्रहरुले के देखाए भने स्टारडम भन्दा पनि चलचित्र नै चल्ने रहेछ भन्ने कुरा पुष्टि गरे । जसका कारण स्टार मानिएका कलाकारहरुले खेलेको चलचित्र भन्दा बरु सामान्य रुपमै रहेका वा नयाा आएका कलाकारहरुले खेलेको चलचित्र नै यो वर्ष सफल रहे । २०७० का चलचित्रहरुलाई हामीले यहाा केही मूल्यांकन गर्ने प्रयास गरेका छौं । 
बैशाख : २०७० को प्रारम्भ २०६९ सालमा अत्यन्तै विवादमा रहेको चलचित्र बधशालाबाट सुरु भयो । विवाद र चर्चा यसले पाए पनि बधशालाले कुनै व्यवसायिक सफलता भने पाउन सकेन । बरु यो महिना आएका चलचित्र मञ्जरी, शिरिषको फूल एवं सााघुरोलाई क्रिटिक्सहरुले केही मन पराए । व्यवसायिक हिसाबमा भने यी चलचित्रहरु पनि सुरक्षित रहन सकेनन् । यसै महिना प्रदर्शनमा आएका मेरो मनको साथी, रिङ रोड, पहिलो माया हो मेरो एवं ब्ल्याक नाइट उही चलचित्रहरु आए गएको नाममा मात्रै सीमित रहे । 
जेठ : जेठ महिनामा १५ चलचित्रहरु प्रदर्शित भए । धेरै चलचित्रमा परिकल्पनाकार भएर देखा परेका शैलेस आचार्य पहिलो चोटी खग्रास नामक चलचित्रबाट निर्देशक भए भने छिरिङ रितारद्वारा निर्देशित चलचित्र उमाको चर्चा केही रुपमा भयो । बरु यसै महिना महिला निर्देशक दीपा बस्नेतले लिएर आएको चलचित्र अन्तरालले केही चर्चा पायो र उनलाई एप्रिसियसन पनि गरियो । तुलसी घिमिरेको चलचित्र दृष्टिकोण पनि यसै महिना प्रदर्शन भयो तर दर्शक परिवर्तित भइसक्दा वा दर्शकको टेष्ट परिवर्तन भइसक्दा पनि पुरानै ढर्राबाट यो चलचित्र निर्माण गरिएको कारण यो चलचित्रले कुनै सफलता पाएन । यसै महिनामा रिलिज भएको चलचित्र कर्कशले थोरै चर्चा भने पाउन सक्यो । यूज, माया दिउाझैं भो, रिया, हो यही माय हो, दिल, रोमान्स, सुपारी, नेपथ्य, यति धेरै माया र भोजपुरीबाट नेपालीमा डब गरिएको चलचित्र कर्जा रगतको आए गएमै सीमित भए । 
असार : ढुकुटी, अप्रिल फूल, लभस्टोरी ६६, लभफरेवर, जीवनलीला, द रेप, सुट, दबाब, नथिङ इम्पोसिबल चलचित्र यो महिना प्रदर्शनमा आए । तर कुनै पनि चलचित्रले न क्रिटिक्सको आाखामा आफूलाई अब्बल राख्न सके न त व्यवसायिक रुपले ल्याउन नै सके । 
साउन : साउन महिनामा दुई मुटु एक धड्कन, लफडा, तिम्रो कसम, महसुस, किनकिन एवं भोजपुरी डब चलचित्र प्रतिकार प्रदर्शनमा आए । नवल नेपाल निर्देशित महसुसलाई आशावादी मानिए पनि व्यवसायिक मान्न सकिएन भने उकेश दाहालको किन किन पनि कुनै आशाको केन्द्र बन्न सकेन । 
भदौ : यो महिना दुई दुना पााच, करामत, ग्याम्बलर, होस्टेल, बाउन्सर, वीर, जन्जिर, हाम्री चेली, राजनीति एवं ढुवानीजस्ता चलचित्रहरु प्रदर्शनमा आए । नवनिर्देशक हेमराज बिसी होस्टेलले बरु व्यवसायिक रुपमा आफूलाई सफल बनाउन सक्यो भने अन्य चलचित्र आए गएमै सीमित भए । 
असोज : असोज महिनामा प्राणभन्दा प्यारो, खेताला, दुश्मनी, मौन, बर्बाद, पापी रात, एक के ४७, काली एवम् भोजपुरी डब चलचित्र दामिनी प्रदर्शनमा आए । यो महिनाको चलचित्रको हिसाबमा कालीले उत्कृष्ट व्यवसायिक रेकर्ड कायम गर्‍यो भने अन्य चलचित्रले आफूलाई व्यवसायिक रुपमा ल्याउन सकेन । 
कार्तिक : कार्तिक महिनामा स्टार, वार, मधुमास, विन्दास–२, बलिदान फर लभ, टार्जन, जस्ट यू एण्ड मी जस्ता चलचित्र प्रदर्शनमा आए । आशा गरिएको स्टारले व्यापार गर्न सकेन भने विन्दास–२ गीतसंगीतमा मात्र सीमित भयो । 
मंसिर : गुरु, उर्वशी, कोही त छ, लोफर र सौर्य यो महिना प्रदर्शनमा आए । नियमित रुपमा चलचित्र निर्माण गर्ने निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र लोफरलाई धेरैले आशावादी चलचित्रका रुपमा हेरेका थिए । तर यो चलचित्र पनि व्यवसायिक रुपले फ्लप सावित भयो । 
पुस : पुस महिनामा त्रास, एभ्रीडे इज सन्डे, योद्धा, पराइ, बितेका फल एवम् ६ एकान ६ प्रदर्शनमा आए । ६ एकान ६ व्यवसायिक रुपमा अत्यन्तै सफल सावित भयो भने बितेका पललाई आशाको रुपमा हेरिए पनि व्यवसायिक सफलता यो चलचित्रले लिन सकेन । 
माघ : डफर्स, प्रोड्युसर, झोला, मुटु, मोक्ष गरी पााच चलचित्र यो महिना प्रदर्शनमा आए । तर व्यवसायिक हिसाबमा झोला मात्रै सबल देखियो । समीक्षकहरुले अत्यन्तै आशा व्यक्त गरेको चलचित्र मोक्षले वाहीवाही पाउादा पाउादै पनि व्यवसायिक सफलता लिन सकेन । बरु कलात्मक हिसाबले निर्माण गरेको चलचित्र झोला नै अब्बल ठहरियो । यसै महिना रिलिज भएको चलचित्र प्रोड्युसर पनि आयो गयो मै सीमित रह्यो । 
फागुन : मेघा, झोले, डार्लिङ, प्रेमिका, जिगोलो, ऋतु, तोरी लाहुरे, चियर्स, ब्रम्हा र भोजपुरी डब चलचित्र सम्राट यो महिना प्रदर्शनमा आए । महिला निर्देशक सम्झना रौनियारको मेघालाई कलरफूल चलचित्रको रुपमा आशा राखिएको भए पनि व्यवसायिक सफलता प्राप्त गर्न सकेन । बरु दीपेन्द्र के चलचित्र झोलेले भने व्यवसायिक सफलता प्राप्त गर्न सक्यो । 
चैत : चैत महिनामा फिटकिरी, झेली, आधिबाटो, रङ वे, डिभोर्स प्रदर्शनमा आए । यी चलचित्रहरुले व्यवसायिक सफलता लिन सकेन । फिटकिरी आशामै तुहियो भने आधिबाटोले पनि जति व्यवसायिक धार पकड्नु पथ्र्यो त्यो सकेन । यो समाचार लेख्दासम्म अत्यन्तै आशावादी र यो वर्षकै उत्कृष्ट चलचित्र बन्ने आशा गरिएको चलचित्र नाइा नभन्नु ल–२ प्रदर्शन हुन बााकी नै छ । त्यस्तै स्व.शिव रेग्मीले निर्देशन गरेको र प्रदर्शनका हिसाबमा उनको अन्तिम चलचित्र मनले मनलाई छुन्छलाई आशावादी बन्ने ठाउा छ तर प्रदर्शनको व्यापार बुझ्न बााकी नै छ । 
यसरी हेर्दा वर्ष २०७० मा नेपाली र भोजपुरी डब गरी ९७ चलचित्र प्रदर्शनमा आएकोमा आधा दर्जन चलचित्रले मात्रै व्यवसायिक सफलता पाउनु र एक दर्जनको हाराहारीमा पनि लगानीको हिसाबले सुरक्षित बन्न नसक्नु देखिनुमा सफल वर्ष मान्न सकिादैन । विगतका वर्षहरुमा जस्तो पुरै चलचित्र नचलेर सधैं लुट र चपली हाइटको नाम लिएर जपिरहन भने यो वर्ष परेन । त्यस हिसाबमा यो वर्ष पुरै निराशावादी नभए पनि आशावादी पनि नभएको अवस्थामा मध्यम वर्षको रुपमा लिन सकिन्छ । नेपाली चलचित्रको बजारले ४०–४५ चलचित्र मात्रै वर्ष दिनमा माग गरिरहेको अवस्थामा सयको हाराहारीमा लगालग चलचित्र प्रदर्शन हुनुले पनि नेपाली चलचित्रको बजारलाई सुरक्षित नगरिएको हो की भन्न सकिन्छ । आगामी वर्ष भने निराशावादी नबनोस् र वर्षको अन्त्यमा प्रदर्शन भइरहेका नाइा नभन्नु २ र मनले मनलाई छुन्छले व्यवसायिक सफलता प्राप्त गरी ०७१ को आगमनलाई चलचित्र उद्योगमा खुशी छाउने वातावरण बनोस् भन्ने आशा गरौं । 
 
On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement