Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Articles »
स्व.श्रीकृष्ण श्रेष्ठलाई यसरी सम्झिइन् झरनाले
image

तिनताक 'शनिबारको दिन, बिहानीपख...' गीत एकदमै चर्चामा थियो। यो गीतमा नाचेको हेरेपछि म श्रीकृष्ण श्रेष्ठ दाइको जबर्जस्त फ्यान बनिसकेकी थिएँ। दश वर्षअघि श्रीमान् सुनीलकुमार थापासँग मिलेर मैले 'गोर्खाली' फिल्म बनाउने भएपछि कलाकार कोको लिने भन्नेबारे घरसल्लाह भयो। मैले

फ्याट्टै भनिहालेछु— श्रीकृष्ण श्रेष्ठ। किनभने मलाई त्यो 'शनिबारवाला' गीतले निकै तानेको थियो। एक दिन उहाँलाई हामीले दरबार मार्गको एउटा क्याफेमा डाक्यौं। त्यो क्याफे अहिलेको केएफसी रहेको बिल्डिङमा थियो। निर्देशक ज्ञानेन्द्र देउजा, सुनील सर र म केही अगाडि पुग्यौं। हामी पुगेको दश मिनेटजतिमै ट्रयाक सुटमा ठाँटिएका एक जना मानिसको मुसुमुसु हाँस्दै र नमस्कार गर्दै क्याफेमा प्रवेश भयो। उहाँ नै हुनुहुन्थ्यो श्रीकृष्ण श्रेष्ठ। अचम्म के भने, त्यत्रो नाम चलेको मानिस एकदमै सरल र विनीत व्यवहारमा प्रस्तुत हुनुभएको थियो।  

हामी बस्यौं आमनेसामने। उहाँ त्यो गीतमा जस्तै ह्यान्डसम हुनुहुन्थ्यो। हामी सबैले एकएक कप कफी पियौं, फिल्मबारे छलफल गर्दै। कथा त उहाँले पहिले नै सुनिसक्नुभएको रहेछ। त्यो दिन हामीमाझ गीत र त्यसमा प्रयोग हुने ड्रेसअपबारे अलिक बढी नै छलफल भयो। उहाँ मेन रोलमा हुनुहुन्थ्यो। 'धर्म संकट' र 'दाइजो' मा खेलिसकेकी भए पनि मैले पहिलो पटक कुनै चर्चित स्टारको अपोजिट लिडिङ रोलमा खेल्न लागेकी थिएँ। लगभग एक घण्टापछि हामी क्याफेबाट छुट्टियौं।

त्यसको केही दिनमै श्री दाइले हामीलाई कुपण्डोलको चाहत बुटिकमा लिएर जानुभो, ड्रेस हेर्न। फिल्मको कथा अनुसार उहाँ सुरुमा गाउँले ठिटोको रूपमा र पछि सहरमा छिरेपछि सट-पाइन्ट र टाईमा देखिनुपर्ने थियो। म चाहिँ घमन्डी, जिद्दी, मोडर्न अनि फेसनेबल, धनी बाउकी बिगि्रएकी छोरीको रोलमा थिएँ म। उहाँको चिनजानको बुटिक भएकोले ड्रेस अपमा उहाँले नै हामीलाई गाइड गर्नुभएको थियो।

श्री दाइसँगको मेरो पहिलो सुटिङ 'गोर्खाली' कै गीतबाट भयो, 'ओम् शान्ति ओम्...' बाट। हामी नगरकोट जाने बाटोको लप्टन डाँडामा थियौं। केही गाउँले बच्चाहरूसहित उहाँ र म साइकल चढेर आउँदै गरेको दृश्य। क्रेन सट थियो यो। खासमा मेरो लागि यो फिल्म नयाँ जस्तै थियो। त्यसअघिका दुइटा फिल्ममा ससाना रोल मात्रै पाएकी थिएँ। मलाई पहिलो पटक अनौठो र डरलाग्दो फिल भइरहेको थियो। तर उहाँले यस्तो फ्यामिलियर व्यवहार गर्नुभयो कि, मलाई चर्चित स्टारसँग खेलिरहेको फिलै भएन। कोहीकोही त निकै मुडी, एटिच्युट देखाइहाल्ने हुन्छन् नि, तर उहाँ निकै सहयोगी हुनुहुन्थ्यो।

साइकलको दृश्यपछि हाम्रो लोकेसन अलिक माथिको सल्लाघारी थियो। मैले ड्रेस चेन्ज गर्नुपर्ने भयो। साइकल चढ्दा लाएको रेड कलरको पाइन्ट फुकालेर अलि हट देखिने सेतो छोटो ड्रेस लाउनु थियो। मलाई त्यस्तो डे्रस लाएर श्री दाइसामु जान लाज लाग्यो। बिस्तारै गएँ। उहाँले त सीधै पो भन्नुभो, 'नानी, हिरोइन बन्ने हैन त?' मैले टाउको हल्लाएँ। उहाँले फेरि भन्नुभो, 'यसरी लजाएर हिरोइन बनिँदैन।'

अर्को लोकेशन हाम्रो गोरखामा थियो। श्री दाइकै गीत 'अब चढ्छ गोर्खेले मोटरकार...' को पनि सुटिङ त्यहीँ गर्नु थियो। वषर्ायामको बेला, छिनभरमै झरी, छिनभरमै घाम। पानी परेको बेला सुटिङ स्थगित गरेर हामी तास खेल्थ्यौं, प्रायः श्री दाइले नै जित्ने। उहाँले यसरी जित्नुभयो कि, खुसियालीमा आफैँले खसीको मासु पकाएर हामीलाई खुवाउनुभो। मासु भनेपछि श्री दाइ हुरुक्कै। सार्‍है मीठो पकाउनुहुन्थ्यो। जाँड, रक्सी र चुरोट खानुभएको चाहिँ कहिल्यै देखिनँ।

'गोर्खाली' पछि हामीले 'जीवनसाथी' मा पनि सँगै काम गर्ने अवसर पायौं। तर दुर्भाग्य, नौदस दिनजतिको सुटिङपछि श्री दाइले उपचारको लागि विदेश जानुपर्ने भयो। उपचारबाट फर्किएपछिको उहाँको पहिलो फिल्म 'ए मेरो हजुर' मा पनि म नै अपोजिटमा थिएँ। यो फिल्मको एउटा घटना म कहिल्यै भुल्दिनँ। मेरो करिअरकै त्यो नर्बिसिने दिन हो। कुपण्डोलमा सुटिङ भइरहेको थियो। मैले आँसु झार्दै श्री दाइको काँधमा टाउको राख्नुपर्ने दृश्य थियो। दस पटक टेक लिए पनि ओके हुन सकेन। निर्देशक शिव रेग्मी दाइ 'कट १ कट ११' मात्रै भनिरहनुभएको थियो। मलाई चाहिँ यति धेरै गार्‍हो भइरहेको थियो कि, हरेस खाँदै सोचें: म हिरोइन हुन साँच्चिकै नसक्ने रहेछु।

श्री दाइले मेरो मनोदशा बुझ्नुभएछ, निर्देशकलाई 'एक छिन रेस्ट गरौं' भन्नुभो। उहाँले मलाई बाहिर ल्याउनुभो र भन्नुभो, 'हेर, आत्तिनु हुन्न। भित्रैबाट क्यारेक्टर फिल गर। तिमी सक्छयौ।' म फ्रेस भएँ। त्यसको बीस मिनेटपछि सुटिङ सुरु भो। अचम्म, पहिलो टेकमै ओके भयो।

श्री दाइ साँच्चिकै को-अपरेटिभ हुनुहुन्थ्यो। उहाँ हमेसा भन्नुहुन्थ्यो, 'कुनै पनि आर्टिस्टको सफलतामा को-आर्टिस्टको पनि काम जोडिन्छ।'

उहाँसित 'सुख दुःख', 'हामी तीन भाइ', 'पाहुना' जस्ता फिल्ममा पनि काम गरें। यतिन्जेल हामी निकै नजिक भइसकेका थियौं। श्री दाइ मलाई आफ्नै दाइ या अभिभावक जस्तै लाग्नुहुन्थ्यो। मेरो फ्यामिलीसँग पनि उहाँ निकै नजिक हुनुभएको थियो। मेरा श्रीमान् र उहाँ 'सरजी' साइनो लाउनुहुन्थ्यो।

श्री दाइसँग म महिनौं विदेश टुरमा पनि निस्केकी थिएँ। उहाँसँग सन् २००२ मा हङकङबाट मेरो विदेश टुर सुरु भएको थियो। पछि युरोप, जापान पनि गयौँ। टुरमा उहाँ यतिसम्म केयर गर्नुहुन्थ्यो कि, पहिरन मिलेन भने आफ्नै बहिनीलाई जस्तै 'ल यो के गरेको, यसरी लाउनुपर्छ' भन्दै सम्झाउनुहुन्थ्यो ।
साभार : कान्तिपुर दैनिक भदौ २ 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement