१२ बटा क्यामेरा प्रयोग गरेर खिचिएको म्युजिक भिडीयो सार्वजनिक भएको छ ।
सञ्चारकर्मी अमन प्रताप अधिकारीको निर्देशनमा तयार भएको यस भिडियोमा अक्षतासंगै शुभ आचार्य र समुहले फ्ल्याश मुभ गरेका हुन् । अमनकै पिता स्वर्गीय क्षेत्र प्रताप अधिकारीको शब्द रहेको यस गीतमा स्वर अमनको छोरी अक्षताले दिएकी हुन् ।
यो गीतमा तीन पुस्ता नै संलग्न भएका छन् । गीतमा संगीत भने विजु वज्रकाछोरा कोबिद बज्रले दिएका छन् । ‘हामीलाई फ्याशमुभमा काम गर्ने आइडिया आयो त्यसैले गरेका हौ र शुटिङको बेला रमाइलो पनि भएको थियो किनकी के हुदैछ भन्ने धेरैले थाहा पाउनु भएको थिएन’ निर्देशक अमनले भिडियोको बारेमा बताए ।
गीतको कोरियोग्राफी भने प्रशान्त तामाङले गरेका हुन् । सिटी सेन्टरको भिडभाडमा यस गीतलाई प्रमोद कार्की , नविन श्रेष्ठ , उमंग शाही , उपेन्द्र मान सिंह लगायतका १२ जान सिनेम्याटोग्राफरले खिचेको यस गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।