Wed, 2017 Sep 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'बुसान' को लागि सुन्तली युनिट कोरिया जादै
image
नेपालमा प्रदर्शन नहुदै बिदेशी भूमिमा फिल्मको प्रिमियर गर्ने प्रचलन अहिले बढी रहेको छ । 'नागबेली','सेफ ल्यान्डिङ' लगायतका केहि फिल्म यसका उदाहरण हुन् भने प्रियंका कार्कीको केन्द्रीय भूमिका रहेको 'सुन्तली' पनि बुसान फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ ।
 
क्विस्ट इन्टरटेनमेन्ट र डिजिटलसिनेमा नेपालको लगानीमा तयार भएको 'सुन्तली' मा भाष्कर ढुंगानाको निर्देशन रहेको छ । सेप्टेम्बर ७ देखि ९ सम्म दक्षिण कोरियामा सम्पन्न हुने 'बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा' फिल्मको पहिलो प्रदर्शनी हुन् लागेको नायिका प्रियंका कार्कीले बताइन ।
 
सेप्टेम्बर ७ मा कार्यक्रममा सहभागी हुन् नायिका कार्की , निर्देशक ढुंगाना र जय शाह सेप्टेम्बर ३ मा दक्षिण कोरिया तर्फ प्रस्थान गर्ने छन् । 'फिल्ममा अहिलेको समाजमा नारि प्रतिको दृष्टिकोण देखाउने प्रयाश गरेको छु , म केन्द्रीय पात्र भएकाले निकै मेहनतका साथ आफ्नो भूमिकालाई न्याय गर्ने कोसिस गरेकी छु' नायिका कार्कीले फिल्मको बारेमा बताईन ।
 
साथै उनले इन्डियाबाट विशाल भारद्वाज निर्देशित 'हैदर' र 'फैंडीङ फ्यानी' छनोट भएको ठाउमा नेपालबाट आफु अभिनित फिल्म छनोट हुदा निकै खुसि लागेको समेत बताइन । उनले यसलाई नेपाली फिल्मीजगतकै उपलब्धी मान्नु पर्ने बताइन ।
 
निर्माण पक्षको भनाइलाई आधार मान्ने हो भने ‘सुन्तली’ हाल सम्मकै महँगो नेपाली फिल्म हुन् सक्छ । फिल्ममा नायिका कार्कीसंगै अर्पण थापा , कर्म लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको नेपाल प्रदर्शन बारे निर्माण पक्षले केहि जनाएको छैन । 
 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement