Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
गीतसंगीतमा भविष्य खोज्दै दिपक
image
समाजसेवीको रुपमा परिचय बनेका सामाजिक कार्यकर्ता दिपक सिलवाल अब गायक बन्ने भएका छन् । २०५८ सालमा क्लासिक म्युजिक सिकेका दिपकले अब आएर एल्बम निकाल्ने भएका छन् । सामाजिक कार्यकर्ताको रुपमा आफ्नो छुटै छवी बनाउदै घर आँगन नेपाल संचालन गरिरहेका दिपकले त्यो बेलामा आफ्नै कारणले गर्दा संगीतलाई निरन्तरता दिन पाएनन् ।
 
संगीत प्रति मोह भएका दिपकले २०६० सालमा 'मिडिया जोन' नामक इन्स्टिच्युट पनि संचालन गरे जहाबाट निस्केका बिद्यार्थी अहिले देशका थुप्रै सञ्चारमाध्यममा कार्यरत छन् । किनकी त्यहाँ लोकप्रिय सञ्चारकर्मी द्वय नरेश भट्टराई र हेम सुबेदीले बिद्यार्थीलाई प्रशिक्षण दिन्थे ।
 
बेला बखतमा माइकमा गुनगुनाउने दिपकले सिकेको संगीतलाई आफुबाट टाढिन दिएका छैनन् । 'मैले संगीतलाई निरन्तरता दिन नसकेता पनि आफुले सिकेको कुरा बिएसेको छैन' दिपकले आफ्नो संगीत प्रतिको लगाव सुनाए । शारीरिक रुपमा अशक्त (अपांग) भएकालाई आफनै निजि श्रोत तथा खर्चमा सहयोग गर्दै आएका दिपकले राजधानीको धुम्बाराही स्थित चन्डोलमा घर आँगन नेपाल संचालनमा ल्याएका छन् जहाँ १३ जना पालिएको छन् ।
 
१३ जना मध्य १० जना बिद्यार्थी हुन् र तिनलाई अध्यन गराई रहेका छन् भने ३ जना ठुला छन् जो अशक्त छन् । किन त् समाजसेवामा लग्नु  भयो भन्ने प्रश्नमा दिपक भन्छन 'मनलाई जुन कुराले सन्तुष्टि मिल्छ त्यहि गर्नु पर्छ र मैले पनि त्यहि गरे , यदि मैले सक्ने सहयोगबाट कसैको जिन्दगि बन्छ भने मैले किन नगर्ने ?' आफुलाई राम कृष्ण ढकाल र राजीना रिमालको फ्यान बताउने दिपकले अहिले आएर संगीतमा लाग्नुको श्रेय भर्जटाईल सञ्चारकर्मी नरेश भट्टराईलाई दिए ।
 
'संगीतमा अब फर्किने आश नै छोडिसकेको थिए तर नरेश दाइले हौसला दिनु भयो र अब एल्बम निकाल्ने तयारीमा छु' दिपकले हौसला दिने र झकझक्याउने मान्छे चाहिने तर्क अगाडी सरे । 'आफु भित्रको खुवी पहिचान गर्नु पर्छ मैले उसको खुवी उसलाई चिनाएको हु , किनकी उसमा क्षमता छ' सञ्चारकर्मी नरेश भट्टराईले दिपकलाइ यी शब्दले प्रशंसा गरे । दिपक आफ्नै स्वर तथा नरेश भट्टराईको शब्द रहने एल्बमको तयारीमा छन् ।
On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement