Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चर्चा बटुल्दै ८ बर्षिय निर्देशक सौगात
image

 मङ्सिर २६ बाट प्रदर्शनमा आउने फिल्म 'लभ यु बाबा' ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । प्रचार प्रसारकै क्रममा फिल्म युनिटले पुर्वको मुटु धरानमा पत्रकार भेटघाट गरेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउने क्रममा रहेका ८ बर्षीय निर्देशक सौगात बिष्टलाई अहिले सर्वत्र तारिफ मिलिरहेको छ ।

 

सौगातले नै फिल्म निर्देशन गरेका हुन् त् ? अहिले यो प्रश्न दर्शक र मोफसलको पत्रकारले प्राय सोध्ने गर्छन यहि जिज्ञाषा पुर्वका पत्रकारको मनमा पनि थियो । पत्रकार सम्मेलन पश्चात सौगातले दिएकोम प्रश्नको जवाफले आफुहरु चकित परेको सञ्चारकर्मी अर्पण ढकालले बताए । पहिले सौगातलाइ नपत्याउनेहरु अहिले उनका प्रशंसक बनेका छन् ।

 

सौगातका पिता तथा फिल्मका प्रोटागोनिस्ट गजित बिष्ट पनि पहिला सौगातलाई विश्वास गर्न गाह्रो हुने तर उसको कुरा सुनेपछि सबैले तारिफ गर्ने गरेको सम्झिन्छन । 'हामीलाई लाग्य थ्यो यो केवल गिनिज बुकमा नाम लेखाउन मात्र ८ बर्षिय बालकलाई निर्देशन गर्न दिइएको हो तर उसको कुरा कुनै अनुभवी निर्देशक भन्दा कम छैन' सञ्चारकर्मी ढकालले बताए ।

 

फिल्मको प्रचार प्रसारका लागि सौगात र गजितसंगै फिल्मको अर्को मुख्य पात्र संगम बिष्ट र निर्मात्री सम्झना पोखरेल पनि पुर्व पुगेका छन् । संगमले पनि फिल्म 'श्रीमान' बाट उकृष्ट बालकलाकारको अवार्ड जितिसकेकी छिन । बाबु र छोरी बिचको माया प्रेम देखाउन खोजिएको यस फिल्म हेरिदिन सौगातले सञ्चारकर्मीमार्फत आग्रह गरे ।

 

'म फिल्म हेर्न अनुरोध मात्र गर्दिन फिल्म हेर्ने धेरै कारणहरु त्पैलाई दिन सक्छु , यस फिल्ममा एउटा बच्चाको कम हेर्न सक्नु हुन्छ भने अर्को तर्फ बाबु छोरीको माया , यो पारिवारिक ड्रामा हो भने यसमा फिल्मी मसला पनि छ' सौगातले यसो भनि रहदा सबै मन्त्र मुग्द्ध भए । फिल्ममा निश्मा घिमिरे , अशिष्मा नकर्मी , निर्मल शर्मा , बसन्त भट्टलगायतको अभिनय रहेको छ ।

On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement