Wed, 2017 Sep 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'वडा नम्बर ६' मा प्रियंका अनुबन्धित
image

कलिउडखवर कार्तिक १६ गते,

भनिन्छ समय आउनु पर्छ सबै आफै मिल्दै जान्छ । यस्तै भएको छ अहिले नायिका प्रियंका कार्कीलाई । केहि नायिका सिंगल स्क्रिनमा हिट छन् भने केहि मल्टिप्लेक्समा तर प्रियंका अहिले दुवै तिरको हिरोइन बन्दै छिन । गत बर्ष प्रदर्शनमा आएको फिल्म 'झोले' मा उनलाई मल्टिप्लेक्सका दर्शकले रुचाए भने 'नाई न भन्नु ल -२' मा उनि सिंगल र मल्टिप्लेक्स दुबैमा छाइन ।

यो बर्ष उनि अभिनत प्रदर्शनमा आएको 'आवरण' र 'मेरो बेस्ट फ्रेन्ड' ले त्यति रामो व्यापार गर्न सकेनन तर उनको कामको भने चर्चा भयो । शायद यसै कारण होला अहिले हरेक निर्माता र निर्देशकको रोजाईमा प्रियंका पर्ने गरेकी छिन । मिजासिलो व्यबहार र पात्र सुहाउदो अभिनयका कारण उनि पछिल्लो समय एक पछी अर्को फिल्ममा व्यस्त हुने क्रम निकै बाक्लिएको छ । प्रियंकालाई फिल्म खेलाउने हो भने लामो समयसम्म कुर्नु पर्ने अवस्था आइसकेको छ ।

हाल 'नाई न भन्नु ल-३' मा व्यस्त प्रियंका भन्छिन 'म कसैको मन दुखाउन चाहन्न तर अगाडी डेट दिसकेकोलाई छोडन पनि त् सक्दिन ।' उनि गत बर्षको बल्कबष्टर फिल्म '६ एकान ६' को टिमले बनाउन लागेको फिल्म 'वडा नम्बर ६' मा भित्रिएकी छिन । मङ्सिर ३ गते बाट फ्लोर ज्वाइन गर्ने भनिएको फिल्म 'हाउ फन्नी' की प्रोटागोनिस्ट प्रियंकालाई अहिले समय मिलाउन निकै गाह्रो भैरहेको छ । 'हाउ फन्नी र वडा नम्बर ६ को शुटिङको सेड्युल मिलाउन निकै मुस्किल परिरहेको छ तर मध्यमार्गी उपाय खोजिरहेका छौ' प्रियंकाले बताइन । हाल 'नाई न भन्नु ल-३'को शुटिङ व्यस्त प्रियंकाको काम १० दिन पछी सकिने छ भने उनि लगतै 'वडा नम्बर ६' मा व्यस्त हुनेछिन ।

'वडा नम्बर ६' को १५ दिनको छायांकन सके लगतै उनि 'हाउ फन्नी' मा व्यस्त हुनेछिन । यता आर्यन सिग्देल र जीवन लुइँटेललाई 'मेरो एउटा साथी छ' पछी संगै पर्दामा देखाउन लागेका निर्देशक अनिल संग्रौला पनि प्रियंका कै डेटको पर्खाइमा छन् । उनको शुटिङ अब फागुनको अन्त्य तिर हुने सम्भावना देखिएको छ । किनकी 'नाई न भन्नु ल -३' को छायांकन सके लगतै आर्यनले आफ्नो खुट्टाको सर्जरी गराउने छन् । यता लामो समय फिल्म बितरणलाई पेशा बनिरहेका गोपाल कायस्थले पनि बनाउने भनेको फिल्म 'लुटेरा' मा निखिल उप्रेतीको जोडीको रुपमा प्रियंकालाई रोजेका छन् । तर एक हप्ता भित्र फ्लोर ज्वाईं गर्ने भनेको 'लुटेरा' मा भने प्रियंकाको डेट नमिल्ने सम्भावना प्रवल छ ।

'वडा नम्बर ६' मा प्रियंका र विल्सन विक्रम राई प्रवेश भैसकेको छन् भने अन्य कलाकार सार्वजनिक भैसकेका छैनन् । यो बर्षको अन्त्यमा प्रदर्शनमा आउने फिल्म 'नाई न भन्नु ल-३' मा प्रियंका मल्टिप्लेक्स र सिंगल स्क्रीन दुवैमा छाउने छिन भने 'सुन्तली' मार्फत मल्टिप्लेक्समा गज्जबै छाउने पक्का छ । केहि दिन अगाडी हङकङमा सम्पन्न भएको 'इन्फा अवार्ड २०७०' मा पपुलर एक्ट्रेसको अवार्ड समेत जितेकी प्रियंका मङ्सिरमा सम्पन्न हुने 'डी सिने अवार्ड' र 'कामना फिल्म अवार्ड' मा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी छिन ।

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement