Wed, 2017 Sep 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नाचन नमान्ने सौगातको गीत लोकप्रिय हुदै
image

पछिल्लो समय क्षमतावान कलाकारको रुपमा परिचित दयाहाङ राई र सौगात मल्ल नृत्यको मामलामा भने पछाडी नै हट्ने गर्छन । केहि बर्ष अघि प्रदर्शनमा आएको फिल्म 'केहो माया हो' मा ग्रुपमा नृत्य गरेका सौगात मल्लले पछिल्लो समय नृत्य गरेको गीत अहिले चर्चामा छ ।

उनले मङ्सिर ५ गतेवाट प्रदर्शनमा आउने फिल्म 'श्री ५ अम्बरे' मा अभिनेत्री प्रियंका कार्की संग गरेको नृत्यले अहिले चर्चा पाउनुको साथै लोकप्रिय भैरहेको छ । 'यो मनमा हमेसा' बोलको गीत अहिले यो समाचार तयार पर्दा सम्म ३१ हजार बढी दर्शकले हेरिसकेका छन् ।

हुन् त् यस अघि पनि फिल्म 'झोले' मा पहिलो पटक दयाहाङसंग प्रियंकाले नै नृत्य गरेकी थिइन् । जसलाई दर्शकले निकै रुचाएका थिए भने अहिले विभिन्न अवार्डको मनोनयनमा समेत परेको छ । अभिनयको सवालमा अब्बल देखिने यी अभिनेता द्वय दयाहाङ र सौगातलाई नृत्य गराउन फिल्मका निर्माता तथा निर्देशकलाई निकै हम्मे हम्मे पर्ने गरेको छ ।

तर यी दुइ अभिनेताले सोलो लभ सङमा गरेको नृत्यलाई भने दर्शकले रुचाएका छन् । 'श्री ५ अम्बरे' मा सौगातनै प्रोटागोनिस्ट हुन् । यस फिल्ममा उनको राजा बन्ने सपनालाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समय आक्रमक प्रचार प्रसारमा जुटिरेहेको यस फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेका हुन् ।

जीवनसाथी फिल्म्सको ब्यानरमा निर्मित यस फिल्ममा सौगातसंगै केकी अधिकारीको पनि मुख्य भूमिका रहेको छ । भर्खरै देश दौडाहा सकेको यस फिल्मलाई टिएन आचार्य र दिपक आचार्यले निर्माण गरेका हुन् । 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement