Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
निर्देशकहरुको सेमिनारमा सहभागी हुन निर्देशक निरक पौडेल चिन पुगे
image

चिन सरकारको निमन्त्रणामा चिनको राजधानी बेइनिजङमा हुन लागेको निर्देशकहरुको सेमिनारमा सहभागी हुन निर्देशक निरक पौडेल चिन पुगेका छन् ।
मिनिष्ट्री अफ कमर्श रिपव्लिक अफ चाइनाको आर्थिक सहयोगमा स्टेट एड्मिनेष्टेशन अफ प्रेसको आयोजनामा हुन लागेको सेमिनार फर डिरेक्टरमा नेपालको तर्फबाट निरकको उपस्थिति रहने भएको छ । उक्त सेमिनारमा चिन, केन्या, श्रीलंका, नेपाल लगायतका २० देशका निर्देशकहरु सहभागी हुनेछन् । उक्त सेमिनारमा नेपालको सहभागीता यो नै पहिलो पटक हो ।
सेप्टेम्बर ७ बाट शुरु हुने सेमिनारमा चलचित्रका बिभिन्न पक्षहरु बिच सहभागीहरुले छलफल गर्नेछन् । खासगरि उक्त सेमिनारमा इन्टरनेशनल मिडिया वर्कशप, प्रोड्युसर अफ डकुमेन्ट्री एण्ड क्रस कल्चर कम्युनिकेशन, मल्टीनेशनल को–अपरेशन, मल्टिमिडिया इन्ट्रीग्रेसन एण्ड कोलाब्रेसन इन फिल्म इण्डष्ट्री लगायतका शिर्षकहरु २० देशका निर्देशकहरु बिच छलफल हुनेछ ।
साथै ११ सेप्टेम्बर बाट १५ सेप्टेम्बर सम्म पौडेलले चिनमा आयोजना गरिएको इन्टरनेशनल गोल्ड पाण्डा अवार्ड २०१६ मा पनि सहभागीता जनाउनेछन् ।
साथै बेइजिङमा रहदा पौडेलले नेपाल स्थित चिनिया दुतावासका राजनीतिक सल्लाहकार जीङ्ग वी को संयोजनमा चिन सरकारको सञ्चार सम्वन्धी उच्च तहका व्यक्तीहरुसँग समेत भेटवार्ता समेत गर्नेछन् ।
सेमिनारमा सहभागी हुन बेइजिङ गएका निरकको सम्पुर्ण खर्च चिन सरकारले नै बेहोर्ने जनाइएको छ । सिनेमा कल्चर एक्सचेन्जका लागि गर्न लागिएको यस सेमिनारमार्फत नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भुमिका खेल्ने निरकको भनाई छ । उनले नेपाली चलचित्रलाई अन्य देशमा पु¥याउनको लागि सेमिनारमा सहभागी निर्देशकहरुसँग समेत छलफल गर्ने बताएका छन् । साथै आफुले उक्त सेमिनारमा सिकेको, बुझेको, जानेको र अनुभव गरेको कुरालाई समग्र नेपाली चलचित्र, डकुमेण्ट्री, रेडियो र टिभीमा उपयोग गर्ने जनाएका छन् ।
 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement