Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
ए मेरो हजुर २ ले तिन दिनमा कति कमायो ?
image

दुई दशक देखि अभिनय क्षेत्रबाट दर्शकहरुको मन जित्न सफल नायिका झरना थापा निर्देशित पहिलो चलचित्र ‘ए मेरो हजुर–२’ले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि देशभरिका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् ।
 
चलचित्रले प्रदर्शनको तीन दिनमा काठमाडौंबाट मात्र १ करोड ८४ लाख २८ हजार कलेक्सन गर्‍यो । वितरकका अनुसार, काठमाडौंबाट चलचित्रले प्रदर्शनको दिन ४५ लाख ३८ हजार, दोस्रो दिन ८७ लाख ७५ हजार र तेस्रो दिन ५३ लाख १५ हजार कलेक्सन गरेको छ भने  मोफसलबाट चलचित्रले तीन दिनमा कूल १ करोड ५७ लाख १ हजार कलेक्सन गरेको  छ ।

चलचित्रले देशभरबाट प्रदर्शनको तीन दिनमा कूल ३ करोड ४१ लाख २९ हजारको विजनेश गर्न सफल भएको छ । तीन दिनको आक्रामक विजनेससँगै फिल्म नाफाको बाटोमा दौडिएको छ । लगातार सार्वजनिक विदा परेका कारण पनि ‘ए मेरो हजुर–२’ को व्यापार झन उकालो लाग्दो छ । भोली मंगलवार पनि सार्वजनिक विदा परेकाले मुलुकभरका सबै हल हाउसफुल हुने वितरक बताउँछन ।
 
चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाको हो ।चाचालाचित्रमा  सन्जय लामाको छायांकन रहेको छ । बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  

 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement