Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'ऐश्वर्य' को पोस्टर सार्बजनिक
image

पछिल्लो समय 'तिमी रोएको पल' बोलको गीतबाट दर्शकको प्रतिक्षित र निकै चर्चामा रहेको चलचित्र 'ऐश्वर्य'को पोष्टर सार्वजनिक भएको छ । कार्तिक ९  गते छठ पर्वका दिन प्रदर्शनमा आउने  चलचित्रको सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका  मुख्य तीन कलाकार  रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार देखिएका छन् । 

पोस्टरलाई टौवा क्रियसनले डिजाइन गरेको हो । रमेश उप्रेतीले चलचित्रको बारेमा जानकारी दिदै भने “कलाकारको रुपमा लामो समय बिताएता पनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । यो चलचित्रको कथा विल्कुलै फरक छ त म भन्दिन तर म र मेरो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेका छौ ।' 

 

चलचित्रमा  रमेश उप्रेती , प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा सुदीप बरालको छायाँकन रहेको  छ ।

 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement