Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मंसिर १५ मा साढे सात
image

गायक तथा संगीतकार सत्यराज आचार्य र नायिका मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र 'साढे ७'  को बिहिबार एक प्रेस मिटका बीच ट्रेलर रिलिज गरिएको छ ।  

२०७२ साल नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा तयार भएको चलचित्र 'साढे ७'  लाई साम्तेन  भुटियाले निर्देशन गरेका हुन् । 

चलचित्रको ट्रेलर रिलिजसँगै मंसिर १५ गतेलाई 'साढे ७' को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा चलचित्र 'साढे ७' निर्माण गरेको हो ।चलचित्रमा सत्य र मेनुका संगै कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतका कलाकारहरुको  अभिनय रहेको छ । 

चलचित्रमा सत्यराज आचार्यलाई फोटो पत्रकारको भूमिकामा देख्न सकिने छ । चलचित्रमा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायाँकन छ । अन्जु श्रेष्ठ, दीपा ढुंगेल,  राजु बोगटी, विशाल चाम्लिङ र  एलवी टन्डन चलचित्रका सह निर्माता हुन् भने चलचित्रका प्रस्तुतकर्ता कलाकार सुनिल थापा हुन् । चलचित्रमा शुनिल थापालाई अतिथि कलाकार को रुपमा देख्न  पाईनेछ ।  

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement