Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
बरुण लाई सलमानको पिट्ने धम्कि
image

बलीउड सुपरस्टार दबंग सलमान खानले रिसको झोकमा कतिबेला के गर्छन् कसैलाई थाहा हुँदैन । पछिल्लो समय भारतीय सञ्चारमाध्यममा उनको रिसको विषयलाई जोडेर एउटा घटना निकै चर्चामा आइरहेको छ । उनले अभिनेता वरुण धवनलाई पिट्ने धम्कीको खबरले यतिबेला बलीउड निकै गर्मिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार, सलमानले बरुणलाई २० वर्षअघि पिट्ने धम्की दिएका थिए । फेरि भर्खरै उनले यो धम्की पुनः दोहोर्याएका छन् ।

आफू अभिनीत चलचित्र ‘जुड्वा–२’को प्रमोसनमा लागेका वरुणले सलमानसँगको सन् १९९७ को कुरा सम्झिए जतिबेला जुड्वाको सुटिङमा वरुण पनि सँगै थिए । त्यतिवेला उनले सलमानलाई अंकल भनेर बोलाएछन् । आफूलाई अंकल भनेकोमा सलमान रिसाएछन् । ‘बुबा (निर्देशक डेबिड धवन)सँग सुटिङ हेर्न गएको थिएँ, मैले उहाँलाई अंकल भनेर बोलाएँ, उहाँ रिसाउनुभयो,’ वरुणले भनेका छन्, ‘उहाँले मलाई अंकल होइन, दाइ भन दाइ भन्नुभयो । फेरि अंकल भनेमा पिट्ने धम्की पनि दिनुभयो । त्यहाँदेखि म उहाँलाई दाइ नै भन्छु । उहाँले ‘जुड्वा–२’ मा मैँले कमजोर काम गरेको रहेछु भने नराम्रोसँग पिट्ने धम्की दिनुभएको छ ।’

वरुणले सलमान निकै सरल मिजासको भएको समेत बताएका छन् । वरुण धवनको दोहोरो भूमिकामा अभिनीत चलचित्र ‘जुड्वा–२’ को ट्रेलर र गीतले यतिबेला निकै चर्चा पाईरहेको छ । चलचित्र २९ सेप्टेम्बरमा रिलिज हुँदै छ ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement