Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मंसिर १५ मा 'माई लभ'
image

यस अघि चलचित्र 'शिरिषको फूल' बाट नेशनल अवार्ड समेत पाईसकेका जापानिज निर्देशक डा. तोसिआकी इतोह ले  निर्देशन गरेको नयाँ चलचित्र 'माई लभ–प्रमिस फर काठमाडौं'  मंसिर १५  अर्थात डीसेम्बर १ बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति र प्रिमियरको विषयमा जानकारी दिएको थियो ।  

चलचित्र महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण  व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार 'माई लभ'को प्रियिमर गरिने चलचित्र युनिटले जानकारी दिएको थियो ।
जापानिज कलाकार को समेत अभिनय रहेको चलचित्र ‘माई लव-प्रमिस फर काठमाडौं’ बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफेरोमा  निर्माण भएको हो । क्रियशन नेपालको निर्माणमा बनेको 'माई लभ'मा जापानबाट युईची हायदा, सुईतारो माजाता, काजोतोसी थासाका, रिवोन मिजुतानी,  थामिया मोतो र नेपालबाट गणेश लामा, चैत्यदेवी सिंह, शितल श्रेष्ठ,  मञ्जु श्रेष्ठ, राजु भुजु, चाँदनी लामा, बबि लिम्बु लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ ।

चलचित्रलाई गौरी शंकर धुजुले छायांकन गरेका छन् भने दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । जापानिज भाषामा निर्माण भएको चलचित्रलाई  नेपाली भाषामा डब गरिएको छ । नेपालमा प्रदर्शन हुँदा नेपाली र जापानमा प्रदर्शन हुँदा जापानिज भाषामा 'माई लभ' प्रदर्शन हुनेछ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्पपछिको अस्तव्यस्ततालाई चलचित्रमा देखाउन खोजिएको छ ।

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement