Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'छक्का पन्जा २' एक्सप्रेस कमेडी टुर हुने
image

 

असोज ११ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा २’को यहि भाद्र २९ देखि असोज ४ गते सम्म  ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’ हुने भएको छ । असोज ११ मा रिलिज चलचित्रको प्रचारलाई लक्षित गर्दै निर्माण यूनिट कमेडी टुरका लागि दमक, इटहरी, हेटौडा, नारायणघाट, बुटवल र पोखरा जाने भएको हो ।

चलचित्रका मुख्य कलाकारहरु टुरमा सहभागी हुने भएका छन् । टुरमा प्रचार मात्र नभई कलाकारको तर्फबाट मनोरञ्जनले भरिएको प्रस्तुति समेत रहने बताईएको छ । ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’का लागि भाद्र २९ गते ‘छक्का पन्जा २’ यूनिट दमक जानेछ । त्यहाँ प्रस्तुति दिएर यो टोली ३० गते इटहरी पुग्नेछ भने असोज १ गते नारायणघाट जाने कार्यक्रम तय छ । यस्तै २ गते बुटवल र ३ गते पोखरा आएर ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’ सकिनेछ ।

फूलपातीको दिनबाट प्रदर्शनमा आउने चलचित्र बिजया दशमीलाई लक्षित गर्दै देशभरिका हल पाउने भएपछि व्यापारिक रुपमा समेत राम्रो हुने छनक देखिएको छ ।

दीपा श्री निरौला निर्देशित चलचित्रमा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरी पौडेल, प्रियंका कार्की, गौरव पहारी, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का र यसै चलचित्रबाट डेब्यु गर्न लागेका स्वरूपपुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement