Wed, 2017 Oct 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मौलिक कथाबस्तुमा बन्नेभयो 'डमरुको डण्डीबियो'
image

काठमाडौं-पछिल्लो समय चलचित्र ‘पशुपति’ प्रसाद र 'धनपति'बाट चर्चाको शिखरमा रहेका कलाकार खगेन्द्र लामिछानेको अभिनय रहने नया चलचित्रको घोषणा गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच खगेन्द्रको लेखन र अभिनय रहने चलचित्र ‘डमरुको डण्डीबियो’को औपचारिक निर्माण घोषणा गरियो ।

असोज २२ गतेबाट छायांकन सुरु हुने चलचित्र १ करोड ५० लाख को लगानीमा निर्माण हुन लागेको बताईएको छ । चलचित्रको विषयमा बोल्दै चलचित्रका निर्देशक छेतेन गुरुङले  भने, 'स्क्रिप्ट राईटरको रुपमा काम गर्दैगर्दा चलचित्र निर्देशनतर्फ लागेको छु । लेखनबाट सिकेका कुराहरुले चलचित्र निर्देशन गर्ने आत्मविश्वास पलाएका कारण ‘डमरुको डण्डीबियो’ निर्देशन गर्न लागेको हुँ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई चलचित्रमा हामीले रोचक तरिकाले प्रस्तुत गर्नेछौं ।' 

यस्तै चलचित्रको बिषयमा बोल्दै कलाकार खगेन्द्र लामिछानेले भने, 'मलाई सधै आफ्नै चलचित्रमा मात्र काम गर्ने भनेर खुब आरोप लाग्दै आइरहेको थियो । आजबाट यो आरोपबाट पनि मुक्त भएको छु ।' उनले ‘डमरुको डण्डीबियो’ नेपाली मौलिक कथावस्तुमा निर्माण हुने पनि बताए । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानी रहनेछ ।

चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, इन्नी होवो,  लक्ष्मी बर्देवा, रश्मी पाण्डे, नन्दन थापा, जीवन थापा, अंकित खड्का, लक्ष्मण विक्रम बस्नेत लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

On Theatre
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
New Releases
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
Releasing Soon
  • rani
  • aiswrya
Advertisement