काठमाडौं-पछिल्लो समय आफ्नो अभिनयको कारण चर्चामा रही आएका अभिनेता बिपिन कार्की अभिनित चलचित्र ‘नाका’को टिजर सार्वजनिक भएको छ । प्राय चलचित्रमा फरक भूमिकामा देखिने विपिनलाई यस चलचित्रमा पनि नयाँ भूमिका र अवतारमा देख्न सकिन्छ । टिजरबाट विपिनको परिचय दिईएको छ । चलचित्रमा बिपिन ‘गोल्डी’को भूमिकामा छन् ।
यसअघि विपिनका ‘पशुपति प्रसाद’ (भस्मे), ‘छड्के’ (इन्दु), ‘जात्रा’ (फणिन्द्र), ‘लूट २’ (पित्तले) सबै क्यारेक्टरले निक्कै प्रशंसा पाएका थिए । अमित श्रेष्ठ निर्देशित चलचित्र ‘नाका’ फागुन १७ गते देशभरका हलहरुमा प्रदर्शन हुने छ ।
प्रविण टक्की कार्कीले निर्माण गरेको चलचित्र ‘नाका’ अ मिडिया पोर्ट प्रोडक्सनको व्यानरमा निर्माण भएको भएको हो । चलचित्रमा बिपिन कार्की,थिन्ले ल्यामो, रोबिन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा चिन्तनराज भण्डारीको छायाँकन, अर्जुन कार्कीको पटकथा, विभूषण बस्नेत र पूजा गुरुङको सम्पादन साथै जोसन कुँवरको संगीत रहेको छ ।