Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘ह्याप्पी डेज’को दोस्रो गीत सार्वजनिक
image

काठमाडौं-मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘तिमी बिना...’ बोलको गीतमा चलचित्रका कलाकार प्रियंका कार्की र संजय गुप्ता फिचरिङ छन् । दिनेश राउतको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । गीतको छायांकन युकेका विभिन्न स्थानमा गरिएको छ ।

राजधानीमा एक प्रेसमिट का बीच चलचित्र युनिटले ३ गीत र टिजर पत्रकारलाई देखाएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रका निर्माता बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक वंशल रहेका छन् । नेपालमा माघ १२ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी डेज’को १२ नोभेम्बरमा बेलायतमा प्रिमियर हुदैछ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा  दयाहाङराई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल  लगायतका कलाकारको अभिनय रहेको छ ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement