Tue, 2018 Jul 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
माघ २६ मा 'कान्छी'संग 'कृ'भिड्ने
image

काठमाडौं-यो बर्ष माघ २६ गते नेपाली चलचित्र भवनहरूको पर्दामा दुई ठुला कलाकार भिड्ने भएका छन । बर्षको प्रतिक्षित अनमोल के सी अभिनित चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा गरिए पछी यस अघि नै प्रदर्शन मिति पक्का गरेको दयाहाङ राई अभिनित चलचित्र कान्छिसंग भिडन्त पक्का भएको हो । बिहीवार आफ्नो आधिकारीक फेसबुकमार्फत चलचित्र ‘कृ’का निर्माता सुवास गिरीले लेखेका छन्, ‘‘कृ’को अन्तिम सेड्युलको सुटिङ बिट मार्दै गरेको अवस्था । फिल्मको ट्रेलर यही मंसिरको पहिलो हप्ता आउनेछ । Kri is releasing on Magh 26.’

यस अघि तिन पटक प्रदर्शन मिति पोस्टपोन्ड भएको ‘कृ’ अब भने माघ २६ बाट चलचित्र प्रदर्शन मिति पोस्टपोन्ड हुने छैन भन्ने अनुमान लगाउन सकिन्छ ।
 
यहि मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत चलचित्र  'कान्छी' पनि प्रदर्शनमा आउँदैछ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै 'कान्छी'को पहिलो गीत समेत सार्वजनिक भैसकेको छ । दर्शक को माया बटुलेका यी दुवै कलाकार अब माघ २६ मा कसले दर्शकलाई आफूतिर तान्न सक्ला त्यो भने हेर्न बाकि छ तर यतिबेला नेपाली सिनेवृत भने तरंगीत बनेको छ ।

अनमोल केसीले ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएर अनुबन्धित भए देखि नै यो चलचित्र चर्चामा आईरहेको छ । चलचित्रमा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा  निर्माण गरेका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् ।
 
सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’मा अनमोल र आदिती संगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement