काठमाडौं-बिहीबार राजधानीको महाराजगन्जस्थित साम्बला होटेलमा ‘ड्रिम गर्ल’ नामक चलचित्रको शुभमुर्हत गरियो । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहने चलचित्रमा ‘ड्रिम गर्ल’ की ड्रिम गर्लको भूमिकामा आश्मा गिरी छिन, । लगभग सात वटै प्रदेशमा बिभिन्न चरणमा गरिएका अडिसनबाट आश्मा ड्रिम गर्लका लागि छानीएको निर्देशक ऋषिले बताए ।
दक्षिण भारतको रिल एण्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबि मुभीजको ब्यानरमा निर्माण हुने चलचित्रमा आश्मा संग आकाश श्रेष्ठले रोमान्स गर्ने भएका छन् ।आकाश ले यसअघि चलचित्रमा अभिनय गरिसकेका छन् भने आश्मा यसै चलचित्रबाट रजतपटमा पाईला राख्दै छिन।
अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् मुख्य निर्माता रहेको चलचित्र सुटिङ शुक्रबारदेखि सुरु हुदैछ । चलचित्रमा आकाश र आश्माका साथै सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ भने सम्राट बस्नेतले द्धन्द्ध निर्देशन गर्ने चलचित्रलाई नवीन निरौलाले सम्पादन गर्नेछन् । चलचित्रमा सहनिर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् ।