काठमाडौं-आइतवार राजधानीमा एक कार्यक्रमका विच फिचलचित्र ‘पिंजडा व्याक अगेन’को दोस्रो गीत ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत सार्वजनिक गरिएको छ । माघ ४ गते प्रदर्शनमा आउने चलचित्रको ‘कु कु’बोलको गीत सार्वजनिक भैसकेको छ ।
युवा गीतकार मुक्त उदासको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने संगीतकार अर्जुनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा निखिल उप्रेती र सारा सिर्पाली फिचारिंग छन् ।
द्वन्द् निर्देशक हिमाल केसी निर्देशित चलचित्र एक्शन नायक निखिलको डेब्यू चलचित्र 'पिंजडा'को नेम सिक्वेल हो ‘पिंजडा व्याक अगेन’ ।
चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्र निखिल र साराका संगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।