Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
प्रदिपको'लिलिबिली'बाट रेबिका आउट प्रियंका ईन
image

काठमाडौं-पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय नायक प्रदीप खड्का अहिले चलचित्र ‘लिलिबिली’को काममा व्यस्त छन् । एक महिना अगाडी यो चलचित्रको कार्यक्रमका विच निर्माण घोषणा गरिएको थियो । प्रदिपले २२ लाख पारिश्रमिक लिएर चलचित्रमा अनुबन्धित भएदेखि नै यो चलचित्र चारमा रही आएको छ । चलचित्रको अधिकांस छायांकन बेलायत र स्कटल्याण्डमा हुनेछ ।

पछिल्लो समय चलचित्रकी मुख्य नायिका रेविका गुरुङको भिषा आवेदन नेपालस्थित बेलायती दूतावासले अस्वीकृत गरेपछि चलचित्र निर्माण टीम तनाबमा थियो । रेविकाले फेरि बेलायती दूतावासमा भिषा आवेदन दिइन् तर दोस्रो पटक पनि उनको भिषा अस्वीकृत भएपछी उनि चलचित्रबाटै बहिरीईन । पटक-पटक भिषा आवेदन रद्द भएपछि निर्माण युनिटले रेविकाको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै उनको ठाउँमा नायिका प्रियंका कार्कीलाई अनुवन्धित गरेको छ ।

प्रियंका फिल्म 'ह्याप्पी डेज'को प्रिमियरका लागि भन्दै गएको शुक्रवार मात्र लन्डन प्रस्थान गरेकी छिन् । उनीसँग ‘लिलिबिली’ निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का पनि लन्डन पुगिसकेका छन् । चलचित्रकी अर्की नायिका जसिता गुरुङ भने लन्डनमा नै बस्दै आइरहेकी छिन् ।

कार्तिक पहिलो साताबाट छायांकन सुरु हुने बताइएपनि रेविकाको भिषा अस्वीकृत भएपछि चलचित्रको सुटिङ सुरु हुन सकेको थिएन ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement