काठमाडौं-मंगलवार राजधानीमा एक कार्यक्रमका बीच माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र फिल्म ‘शेरबहादुर’को आइटम गीत सार्वजनिक गरिएको छ ।चलचित्रमा समावेश ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतको भिडियोमा नायिका मेनुका प्रधान र नायक कर्मा फिचारिंग छन् ।
गीतमा ‘काले दाई’का संगीतकार कोशिश क्षेत्रीकै शब्द, संगीत र स्वरमा ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ तयार भएको छ भने यस अघि ‘ठमेल बजार’ र ‘काले दाई’ गित गाएकी गायिका मिना निरौलाले कोशिशलाई साथ् दिएकी छन् ।
धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् भने गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । चलचित्रको कथा प्रमोद क्षेत्रीले लेखेका हुन् ।
चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुनिल थापा शेरबहादुरको भूमिकामा देखिएका छन् ।‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।