Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
तीन वर्षदेखि रोकिएको‘क्रिटिक्स अवार्ड’ मंसिर ६ मा
image

काठमाडौं-नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको क्रिटिक्स अवार्ड आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । 

प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको नेपाल चलचित्र समीक्षक समाजले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उल्लेख छ । दुई वर्षमा प्रदर्शनमा आएका चलचित्र मध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई समाजले अवार्ड प्रदान गर्न लागेको हो । 

२०७३ सालमा रिलिज भएका चलचित्रहरुमध्ये सर्वोत्कृष्ट चलचित्र ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले पाउने घोषणा गरिएको छ । 

त्यस्तै, २०७२ सालमा सर्वोत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री  रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन् । 

२०७१ सालका विजेताको नाम यसअघिनै घोषणा भइसकेको थियो । जसअनुसार सर्वोत्कृष्ट चलचित्र ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका थिए ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement