काठमाडौं-स्वेता खड्काको निर्माण रहेको यो बर्षको प्रतिक्षित चलचित्र ‘कान्छी’को दोस्रो गीत सार्वजनिक भएको छ । माघ २६ बाट पछाडी सरेर फाल्गुन ४ मा प्रदर्शन मिति तय गरेको ‘कान्छी’को यस अघिको ‘चरी चट्ट परि’बोलको गीत यतिबेला धेरैले रुचाईसकेका छन् ।
सार्वजनिक ‘यो जिउ दाऊमा लाउने’ बोलको गीतमा चलचित्रका कलाकार दयाहाङ राई ले स्वेताको लागि आफ्नो जिउ दाउमा लाउने कुरा कुरा गरेका छन् । दयाराम पाण्डेको शब्द रहेको गीतमा धर्मेन्द्र सेवानको स्वर रहेको छ भने अर्जुन पोख्रेल ले गीतमा संगीत भरेका छन् ।
आकास अधिकारी निर्देशित चलचित्रमा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रले ग्रामीण भेगकी कान्छीको कथा बोल्ने छ ।