Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
हलमा ‘पिंजडा ब्याक अगेन’ र ‘लालपुर्जा’
image

काठमाडौं-नेपाली चलचित्र भवनहरुमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । सोनाम ल्होसारको अवसर पारेर उपत्यका बाहिर प्रदर्शन भएका दूई चलचित्र ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ शुक्रबार राजधानीका हलहरुमा पनि प्रदर्शनमा आएका छन् ।

१९ बर्ष अघिको ‘पिंजडा’चलचित्रको सिक्वेल ‘पिंजडा व्यक अगेन’ पारिवारिक कथा र प्रेम मा बनेको छ भने ‘लालपुर्जा’ जग्गाको बिषयमा दुई दाजुभाईको कथा समेटेर बनेको छ । प्रदर्शन अघि गरिएको प्रिमिएर शो मा दुवै चलचित्रले सकारात्मक प्रतिक्रिया पाएका छन् ।

‘पिंजडा ब्याक अगेन’ लाई द्वन्द निर्देशक हिमाल केसीले निर्देशन गरेका छन् भने चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाईली, पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतका कलाकारको अभिनय रहेको छ । रमेश सुवेदी र बाबुराज सह निर्माताको रूपमा रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् भने चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

यस्तै ‘लालपुर्जा’लाई निगम श्रेष्ठले निर्देशन गरेका छन् भने चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर, मिश्री थापा, कुमार नगरकोटी, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । सुजित बिडारीको पटकथा रहेको चलचित्र नेगेटिभ बुद्धको व्यानरमा निर्माण गरिएको हो भने बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement