Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘कोहलपुर एक्सप्रेस’को ‘सी-ओ-डब्ल्यु काउ..’ बोलको गीत सार्वजनिक
image

काठमाडौं-चलचित्र अभिनय संगै नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक भएको छ । वसन्त पंचमी अर्थात सरस्वति पुजाको अवसर पारेर चलचित्रमा समावेश ‘सी-ओ-डब्ल्यु काउ..’ बोलको गीत सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द संगीत रहेको गीतमा राजनराज र मेलिना राईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा केकी अधिकारि,रिमा विस्वकर्मा, विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् । बैशाख १४ गते प्रदर्शन मिति तय गरेको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

शान बस्नेतको कथा रहेको चलचित्रमा केकी संगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई निर्माता रहेका छन् । लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहेको चलचित्रमा राजनराज सिवाकोटी,अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement