Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘पञ्चायत’ को ट्रेलर सार्वजनिक
image

काठमाण्डौ-५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी घरमा बस्ने किशोरीको पीडालाई समेटेर बनेको चलचित्र ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक भएको छ ।

अईतबार निर्माण टोलीले एक प्रेसमिटका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो ।सार्वजनिक ट्रेलरमा चलाचित्रकी नायिका नीता ढुंगानालाई १४ बर्षे किशोरीको रुपमा प्रस्तुत गरिएको छ । शिवम अधिकारी निर्देशित चलाचित्रमा नीता संगै सरोज खनाल,गणेश गिरी,गीता अधिकारी,रूपा राणा, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । 

गणेश गिरी प्रस्तुत करता रहेको चलाचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् भने चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन । चैत्र २ गतेबाट देशाब्यापी प्रदर्शनमा आउने चलाचित्राले यस अघि नै अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार पईसकेको छ ।चलाचित्रमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ । 

 

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement