logo

२०८३ कार्तिक ५ बुधबार

एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ‘ए’ मान्यता

एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ‘ए’ मान्यता

13
SHARES
एनपीएलका सबै खेलले पाए आईसीसीको लिस्ट ‘ए’ मान्यता

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता पाएका छन्।

क्यानले विज्ञप्तिमार्फत प्रतियोगिताका सम्पूर्ण खेलले आईसीसीको लिस्ट ‘ए’ स्टाटस प्राप्त गरेको जानकारी दिएको हो। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने एनपीएलका खेलले उक्त मान्यता पाएका हुन्।

यसअघि गत शुक्रबार आईसीसीले एनपीएललाई मान्यता दिएको जानकारी सार्वजनिक भएको थियो। तर, प्रतियोगिताका खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक हैसियत पाएको विषयमा भने क्यानले आज स्पष्ट पारेको हो।

आईसीसीको यस मान्यताले एनपीएलको प्रतिष्ठा र विश्व क्रिकेटमा नेपाली प्रतियोगिताको पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा पहुँच विस्तार गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने क्यानको विश्वास छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताले नेपाली क्रिकेटप्रेमीमाझ उत्साह बढाउनुका साथै घरेलु खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


बुधबार, ५ कार्तिक २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go