logo

२०८३ साउन २६ मंगलबार

‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान

‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान

2K
SHARES
‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान

नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।



साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । यो समाचार तयार पार्दासम्म ‘फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख (२१ मिलियन) भ्यूज, ‘मखमली’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज, ‘काफ्ले’ १ करोड ३० लाख (१३ मिलियन) भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन् ।

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । “नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ,” आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ । यो चलचित्र हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।


आइतबार, १ असार २०८२
सम्बन्धित समाचार
ताजा अपडेट
Go