logo

२०८२ असोज ३० बिहिबार

logo
  • बिहिबार, ३० असोज २०८२
  • ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने

    ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने

    572
    SHARES
    ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने

    श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।

    आयोजकहरूका अनुसार कार्यक्रम श्रावण १६ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् ।

    कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ । यी कलाकारहरूको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने पक्का देखिन्छ ।

    कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, “त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ । भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।”

    धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ । ‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीका लागि एक अविस्मरणीय अनुभव बन्नेमा आयोजकहरू ढुक्क छन् ।


    आइतबार, १२ साउन २०८२
    सम्बन्धित समाचार
    Go