logo

२०८३ भाद्र २३ मंगलबार

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न

442
SHARES
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको छ। मंगलबार काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन वसन्त पन्तको नेतृत्वमा चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सकारात्मक रूपमा सुधार भइरहेको जानकारी उनका सहकर्मी दीपकराज गिरीले दिएका छन्। उनका अनुसार अहिले उनलाई आईसीयूबाट सामान्य वार्डमा सारिएको छ र चिकित्सकले करिब एक सातापछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिरहेका छन्।

दीपकराजले सामाजिक सञ्जालमार्फत पनि दीपाश्रीको अवस्था स्थिर र सुधारोन्मुख रहेको उल्लेख गर्दै सबै शुभेच्छुकलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

करिब दुई साताअघि स्वास्थ्य परीक्षणका क्रममा दीपाश्रीको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरिएको हो। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत रहेकी छन्।


आइतबार, २८ असार २०८३
सम्बन्धित समाचार
Go