logo

२०८२ असोज ३० बिहिबार

logo
  • बिहिबार, ३० असोज २०८२
  • ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    4.1K
    SHARES
    ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक गरिएको साढे २ मिनेटको टिजरमा छिोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ । ३० वर्षकी स्वस्तिमा खड्कालाई परिवारबाट बिहेको दबाब बढेको छ । परिवारले विभिन्न केटा देखाउँछन् । कोही उमेरले ज्यादा त कोही भर्खर सुधार केन्द्रबाट निस्किएका । केटा नं. ३ अर्थात् ‘अष्ट्रेलिया रिटर्न्स’ निश्चल बस्नेतसँग भने स्वस्तिमाको माया बस्छ । के निश्चलसँगै स्वस्तिमाको बिहेबारी होला ? टिजरले यही कौतुहलता जगाउँदै बिट मारेको छ । टिजरमा केही पञ्चलाइन रसिला छन् ।
    साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा निश्चल र स्वस्तिमाको अलावा विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । फिल्मलाइ स्वस्तिमा र निश्चल दम्पतीले निर्माण गरेका हुन ।
    फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् । एक हप्ताअघि आएको ‘छड्के सलाम’ बोलको गीतले भने राम्रो चर्चा बटुलिरहेको छ । गीतलाई २४ लाख बढीले हेरिसकेका छन् ।


    सोमबार, १८ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go