आगामी असोज २४ गते बाट प्रदर्शनमा आउन लागेको ३ फिल्म यतिवेला चर्चामा छ । छक्का पंजा ५ टिमले नया गीत रिलिज गर्दै पव्लिसिटीलाइ तिव्रता दिएको छ भने अन्य २ फिल्म १२ गाउ र ज्वाइ सावले पनि पव्लिसिटीलाइ तिव्रता दिएको छ ।
अभिनेता विराज भट्टको निर्देशनमा वनेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत गत हप्ता सार्वजनिक भएको थियो । सार्वजनिक भएका ‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा भारतीय गायक नाकाश अजिजको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोमा डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपाल नृत्य गर्दै प्रस्तुत छन् । यो गीतका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । विराज भट्ट कै निर्माण रहेको यो फिल्ममासमीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा छन् । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का,स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि ‘१२ गाउँ’मा अभिनय छ ।
फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।
त्यस्तै वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक फर्स्ट लुक र टिजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो ।
त्यसपछि, गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको छ ।
फूलपातीको अवसर पारेर रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । “पोस्टर र टिजरले चलचित्रको हाइप क्रिएट गरेको थियो,” उनले भने, “कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग बढिरहेको छ ।” उनले विदेशमा र नेपालमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए ।
चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए ।
‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । यसमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् भने यसको निर्माणमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले लगानी गरेका छन् । संगीतमा अर्जुन पोखरेल र महेश ताम्राकारको योगदान छ । एक्सन निर्देशन सञ्जय थापाले गरेका छन् भने छायांकन श्याम तामाङले गरेका छन् । चलचित्रको सम्पादन सन्देश शाहले गरेका छन् ।
‘ज्वाइँ साब’को प्रचारप्रसारदेखि लिएर विदेशी बजारमा यसको मागले चलचित्रलाई अझै व्यापक बनाएको छ ।
© 2024: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd