राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार शीतल निवासमा आयोजना भएको समारोहमा राष्ट्रिय चलचित्र पुरस्कार बितरण गरिएको छ। चलचित्र विकास बोर्डले आयोजना गरेको पुरस्कारमा ८ विधामा वितरण गरिएको थियो । राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत रहेका थिए ।
घरेलु फिल्मको विकास र प्रवर्द्धनमा योगदान पु¥याउने एकजना फिल्मकर्मीलाई ३ लाख ७५ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो । त्यसैगरी रिल बोक्दा ज्यान गुमाउने एकजना व्यक्तिका परिवारलाई ५० हजार राहत पनि प्रदान गरियो। ११ जना फिल्मकर्मीलाई विशेष योगदान सम्मान पत्र प्रदान गरिएको थियो ।
विशेष चलचित्र पुरस्कार जित्न सफल फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाएको छ। मुख्य ८ विधामा उत्कृष्ट भएको फिल्म र फिल्मकर्मीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन। उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, आदिवासी फिल्मसहितका ८ विधामा बिभिन्न चलचित्र र फिल्मकर्मीले पुरस्कार जितेका छन ।
यो वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उनीहरुले अवार्ड हासिल गरे।
राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो । यसले अन्य दुई विधामा पनि अवार्ड जितेको छ ।कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गरेको फिल्मबाट लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले अवार्ड प्राप्त गरेका छन। उत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जितेका थिए । सम्पादनतर्फ ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट सम्पादक घोषित भएका थिए । त्यसैगरी आदिवासी मातृभाषी फिल्मतर्फ ‘लोजिमा’ले अवार्ड प्राप्त गरेको छ ।
निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रदान गरिएको थियो फिल्म‘जारी’ व्यावसायिक रुपमा सफल फिल्मको अवार्डको हकदार बन्यो। विशेष चलचित्र पुरस्कार भने ‘सतीदेवी’(नेपाली), ‘सुगुप’ (लिम्बु भाषा) र ‘मार्कली’ (गुरुङ भाषा)लाई प्रदान गरियो । यी तीन फिल्मले सबटाइटलिङको लागि २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
यहि पुरस्कार बितरण समारोहमा ३ लाख ७५ हजार नगद राशीसहित ‘चलचित्र दीर्घ साधना सम्मान’ चैत्यदेवी सिंहलाई प्रदान गरिएको छ । उनी नेपालको पहिलो फिल्म ‘आमा’की अभिनेत्री हुन् । यसैगरी, विशेष योगदान सम्मानबाट त्यैयव शाह, नारायण प्रधान, नरेन्द्र महर्जन, नन्द किशोर प्रसाद श्रीवास्तव, विद्या कार्की, बुद्धि तामाङ, सबिता गुरुङ लगायत सम्मानित भएका छन् । यहि अवसरमा फिल्म प्रदर्शनको क्रममा रिल बोक्दा ज्यान गुमाएका सुरेन्द्रमान तुलाधरको परिवारलाई राहत प्रदान गरियो । उनकी श्रीमती अनितालाई ५० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd