logo

२०८३ साउन २९ शुक्रबार

‘रंगी’को पहिलो गीत सार्वजनिक

‘रंगी’को पहिलो गीत सार्वजनिक

2.3K
SHARES
‘रंगी’को पहिलो गीत सार्वजनिक

आगामी फागुन २ गते भ्यालेटाइन डे को दिन पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘छ भने माया’ बोलको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर रहेको छ भने दुर्गेश थापाको शब्द तथा संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दीलिप रायमाझी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी नृत्य गर्दै प्रस्तुत छन् । गीतमा सलोन र नम्रताबीचको प्रेम पनि देखाइएको छ ।
सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशनमा तयार भएको यो फिल्मलाइ सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमले निर्माण गरेका हुन भने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।




मंगलबार, १ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go