आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को नया गीत रिलिज गरिएको छ । रिलिज गरिएको ‘टलटल टल्कियो’ वोलको गीतमा एसडी योगी र रेश्मा पुनको गायन, एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको शब्द छ । गीतको भिडियोमा कलाकारहरु पल शाह, दीपिका प्रसाईं, समीम खान, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायत चित्रित छन् । दीपिका र समीमबीच इन्गेजमेन्ट भइरहँदा निराश देखिएका पलको भावना गीतले व्यक्त गर्छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा लक्ष्मी गिरी, प्रशान्त ताम्राकार, राजाराम पौडेल, अन्शु महर्जन, रवि डंगोल, राम प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतको पनि अभिनय छ । फिल्मलाइ ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले निर्माण गरेका हुन भने एसडी योगीका साथै शम्भुजित बाँस्कोटाको संगीत, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd