logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • केटी हराएको सूचना’को टिमले फिल्मको पव्लिसिटीलाइ तिव्रता

    केटी हराएको सूचना’को टिमले फिल्मको पव्लिसिटीलाइ तिव्रता

    299
    SHARES
    केटी हराएको सूचना’को टिमले फिल्मको पव्लिसिटीलाइ तिव्रता

    आगामी माघ ११ गते देखि प्रदर्शनको तयारीमा रहेको फिल्म केटी हराएको सूचना’को टिमले फिल्मको पव्लिसिटीलाइ तिव्रता दिएको छ । फिल्मको छिमले यतिवेला विभिन्न मिडियामा गएर फिल्मको प्रचार गर्ने देखि लिएर गीत, ट्रेलरहरु रिलिज गरिरहेको छ । यसैक्रममा दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत् सार्वजनिक झन्डै २ मिनेट लम्बाईको ट्रेलरले पहाडी युवती (सृष्टि श्रेष्ठ) र मधेशी युवक (नाजिर हुसेन)बीच मधेशमा भेट भएपछि एउटा विन्दूमा पहिचानको विषयले उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ । ट्रेलरको सुरुवात सृष्टिलाई नाजिरले एक कोठामा बन्धक बनाएको दृश्यबाट हुन्छ । त्यसपछिको मधेशको सेटिङमा उनीहरुबीचको निकटतालाई देखाइएको छ । एक मैथिली गीतको सानो अंश समेत समावेश ट्रेलरको अन्तिममा नाजिरले तराईमा बस्ने मधेशीलाई अझै पनि भारतीयको रुपमा चित्रण गर्ने गरेको गुनासो गरेका छन् । फिल्मको केन्द्रीय द्वन्द्व यही देखिन्छ ।
    फिल्ममा नाजिर राम र सृष्टि सीताको भूमिकामा छन् । केही दिन अघि पनि अर्को ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको करीव ५ मिनेटको ट्रेलरमा फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र उनीहरुको सम्बन्धमा आउने उतारचढावको कथालाई प्रस्तुत गरिएको छ । ।
    ट्रेलरमा शुरुमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको डेटिङ एपबाट चिनजान भएपछि भेट हुन्छ । त्यसपछि घनिष्ट बनेका उनीहरुको सम्बन्धमा विस्तारै दरार उत्पन्न हुन थाल्छ । र ट्रेलरको अन्तिममा ट्रेनभित्र नाजिरले बन्दुक तेर्साएर सृष्टिलाई अपहरण गर्न खोजेको देखिन्छ । यो फिल्ममा पहाडी र मधेशी समुदायमा मेलमिलाप र सस्कृतिलाइ पनि प्रस्तुत गरिएको छ ।
    ३२ वर्षअघिको चर्चित डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको लेखन,निर्माण तथा निर्देशन रहेको यो फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रिना रिमाल, मदन ठाकुर, कौशल्या ठाकुर, रामनारायण ठाकुर, ललितादेवी मिश्र, लगायतको पनि अभिनय रहेको छ । यो फिल्मको केही दिन अघि
    ‘सपनीमा’ बोलको रोमान्टिक गीत रिलिज गरिएको थियो । गीतमा करुण थापाको शब्द तथा संगीत रहेको छ भने इन्दिरा जोशी र करण परियारको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम देखाइएको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा नाजिरले परिकल्पना गरेको कुरालाई कलात्मक ढंगले बुनेर प्रस्तुत गरिएको छ । क्युएफएक्स हलकाका संचालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी रहेको छ ।




    शुक्रबार, ४ माघ २०८१
    सम्बन्धित समाचार
    Go