आगामी माघ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सारङ’ को टिमले फिल्मको पव्लिसिटीलाई तिव्रता दिएको छ । यतिबेला फिल्मलाई विभिन्न मिडिया,टी.भी र सामाजिक सञ्जाल मार्फत प्रचार गर्ने कार्य जारी छ । हालैमात्र यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । रिलिज गरिएको २ मिनेट २३ सेकेण्डको ट्रेलरमा श्रीमान र श्रीमती बिचको झै–झगडाको कारण सन्तानको बाल मष्तिकमा पर्ने नकरात्मक असर बारे चित्रण गरिएको देख्न सकिनछ ।
फिल्ममा ऋचा शर्मा र उत्पल झा श्रीमान,श्रीमतीको भुमिका रहेका छन् भने छोराको भुमिकामा सम्राट थापा रहेका छन । फिल्मले आजको समाजमा श्रीमान र श्रीमति बिचको सम्बन्धमा आउने आरोह अवरोह र त्यसले सन्तानलाई पार्ने गम्भीर असर बारे कथा प्रस्तुत गरेको छ । साथै, एउटै समाजमा फरक–फरक हैसियत र पृष्ठभुमिबाट हुर्केबढेका बाल मनोविज्ञान, बाल मित्रताको सम्बन्धलाई पनि उजागर गरेको छ ।
कोरीयोग्राफीको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा ऋचा शर्मा सहित उत्पल झा, सुरज तमु, अनिसा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङबो, दिपीका थापा, सागर सुमन जंग के.सी, प्रभात श्रेष्ठ,बालकलकारद्धय सम्राट थापा र आदित्य कार्की लगायतको अभिनय रहेको छ ।
फिल्मलाइ प्रेम तामाङ र फुलमाया तामाङले निर्माण गरेका हुन । फिल्ममा शंकर थापा र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायकंन र मित्र डी गुरुङले सम्पादन गरेका छन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd