logo

२०८३ भाद्र २८ आइतबार

‘मायावी’को तेस्रो गीतको रुपमा ‘सितारा जडेको’ सार्वजनिक

‘मायावी’को तेस्रो गीतको रुपमा ‘सितारा जडेको’ सार्वजनिक

2.5K
SHARES
‘मायावी’को तेस्रो गीतको रुपमा ‘सितारा जडेको’ सार्वजनिक

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को तेस्रो गीतको रुपमा ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा दीक्षित पौडेल र समीरा थपलियाको स्वर रहेको छ भने शम्भुजित बास्कोटाको संगीत तथा दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्द छ । गीतको फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाँई, समीम खान (नव–नायक), प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ चित्रित छन् । दीपिकाको समीमसँग विवाह भइरहँदा पल भावुक देखिएका छन् । दीपिका पनि पललाई हेर्दै भावुक बनेको देख्न सकिन्छ ।
आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, अन्शु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय रहेको छ ।


शुक्रबार, ११ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go