शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । सोलो रिलिज र अघिल्ला साताका फिल्म नचलेका कारण ‘केटी हराएको सूचना’लाई मल्टीप्लेक्सहरुले उल्लेख्य शो दिएका छन् । दीपेन्द्र गौचनको निर्देशन रहेको यो फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मधेशी युवक र पहाडी युवतीबीच भेट भएपछि आउने उतार–चढावको कथा फिल्ममा देखाइएको छ भने फिल्ममा तराईको जीवनशैली र मिथिला संस्कृतिलाई पनि देखाइएको छ ।
फिल्ममा नाजिर र सृष्टिको अलावा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल आदिको अभिनय रहेको छ । यो फिल्मलाइ देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd