logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • शुक्रबार, ११ बैशाख २०८३
  • सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान

    सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान

    1.3K
    SHARES
    सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान

    नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलोआकारको ; इनडोर सुटिङ स्टुडियो हुनेछ।निजी क्षेत्रसंग केही स्टुडियो भए पनि यस अघि चलचित्र क्षेत्रसंग आफ्नो स्टुडियो भने थिएन ।

    यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्नेछ।
    बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन। यो पटक बोर्ड अध्यक्ष दिनेश डिसीको सकृयतामा बोर्डबाट योजना अगाडि बढाउन ठोस पहल गरिएको हो। यो स्टुडियोको शिलान्यास २ महिनाभित्र नै गर्ने बोर्डको योजना रहेको छ ।

    स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ।
    यस स्टुडियो निर्माणपछि नेपाली फिल्म उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।

    परियोजनाको विस्तृत विवरण www.bolpatra.gov.np/egp र www.fdbnepal.gov.np मा उपलब्ध छ।


    आइतबार, २७ माघ २०८१
    सम्बन्धित समाचार
    Go