logo

२०८२ मंसिर २० शुक्रबार

logo
  • शुक्रबार, २० मंसिर २०८२
  • ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला

    ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला

    • kollywood_khabar
    • शुक्रबार, १४ चैत्र २०८१
    858
    SHARES
    ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला

    शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुनेछ । उनले देशभर करिब १२० शो प्राप्त हुने जनाए ।

    त्यसै गरी, ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । बुधवार साँझ यो चलचित्रको सेन्सर गरिएको थियो । अब यो चलचित्र १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।

    चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताए । लामाले चलचित्रको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे ।

    ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।


    शुक्रबार, १४ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go