logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा

    ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा

    • kollywood_khabar
    • शुक्रबार, १९ बैशाख २०८२
    182
    SHARES
    ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा

    नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

    “हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ । ‘अञ्जिला’ नेपाली चलचित्रको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली वायोपिक चलचित्र बनेको छ,” निर्देशक चाम्सले भने ।

    चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रवार विशेष समारोहको आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए । “हामी सबैसँग मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौँ,” श्रेष्ठले बताए ।

    ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

    वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो ।


    शुक्रबार, १९ बैशाख २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go