logo

२०८२ असोज ३० बिहिबार

logo
  • बिहिबार, ३० असोज २०८२
  • ‘डर लाग्छ’ सार्वजनिक

    ‘डर लाग्छ’ सार्वजनिक

    520
    SHARES
    ‘डर लाग्छ’ सार्वजनिक

    चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्।

    गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।

    बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक सङ्गीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।

    गायन र लेखनसँगै बिक्की सङ्गीत निर्माण, निर्देशन र कम्पोजिसनमा पनि सक्रिय छन्। परम्परागत नेपाली सङ्गीत र आधुनिक शैलीको सशक्त सम्मिश्रण हुने भएकाले बिक्की गुरुङलाई नेपाली सङ्गीत क्षेत्रमा एक ताजा र फरक आवाजको रूपमा लिइन्छ।

    ‘डर लाग्छ’ गीत पनि त्यसैको एक उत्कृष्ट उदाहरण हो, जहाँ शब्द, सङ्गीत र दृश्यात्मक पक्षले भावनात्मक अनुभूति दिन्छ। यो गीतले दर्शक तथा श्रोतामाझ फेरि एक पटक गायक गुरुङको सशक्त उपस्थिति महसुस गराउने विश्वास लिइएको छ।

    भिडियो: https://youtu.be/rmM9XP9j2ms?si=h-GbHWMudXDO541b


    आइतबार, १९ साउन २०८२
    सम्बन्धित समाचार
    Go