logo

२०८३ साउन २९ शुक्रबार

‘डर लाग्छ’ सार्वजनिक

‘डर लाग्छ’ सार्वजनिक

2.6K
SHARES
‘डर लाग्छ’ सार्वजनिक

चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्।



गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।

बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक सङ्गीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।

गायन र लेखनसँगै बिक्की सङ्गीत निर्माण, निर्देशन र कम्पोजिसनमा पनि सक्रिय छन्। परम्परागत नेपाली सङ्गीत र आधुनिक शैलीको सशक्त सम्मिश्रण हुने भएकाले बिक्की गुरुङलाई नेपाली सङ्गीत क्षेत्रमा एक ताजा र फरक आवाजको रूपमा लिइन्छ।

‘डर लाग्छ’ गीत पनि त्यसैको एक उत्कृष्ट उदाहरण हो, जहाँ शब्द, सङ्गीत र दृश्यात्मक पक्षले भावनात्मक अनुभूति दिन्छ। यो गीतले दर्शक तथा श्रोतामाझ फेरि एक पटक गायक गुरुङको सशक्त उपस्थिति महसुस गराउने विश्वास लिइएको छ।

भिडियो: https://youtu.be/rmM9XP9j2ms?si=h-GbHWMudXDO541b


आइतबार, १९ साउन २०८२
सम्बन्धित समाचार
ताजा अपडेट
Go