logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    156
    SHARES
    ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।

    एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ ।

    चलचित्रको कथा भने प्रष्टसँग अझै खुलाइएको छैन । सस्पेन्स क्रिएट गर्न ट्रेलर सफल छ । साइकोलोजिकल थ्रिल ट्रेलरमा देखिन्छ । भिजुअल र कलरले चलचित्रको टोन समात्ने प्रयास गरेको छ ।

    ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

    माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।

    स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

    नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।


    शुक्रबार, ३ माघ २०८२
    सम्बन्धित समाचार
    Go