logo

२०८३ भाद्र २३ मंगलबार

‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक

‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक

533
SHARES
‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक

आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ। जसले सिनेमाका मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ।

एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाको महत्वपूर्ण पक्ष रहेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले सिनेमामा पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटिएको अनुमान गर्न सकिन्छ।

अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा देखिएका छन् । पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ, जसले सिनेमाको कथा विविध सामाजिक परिवेशमा आधारित हुन सक्ने संकेत दिन्छ।


शुक्रबार, १२ असार २०८३
सम्बन्धित समाचार
Go