logo

२०८३ भाद्र २३ मंगलबार

दुई सातामै ‘सिक्का नोटैमा’को दबदबा, ९० लाख बढी भ्युजले बढायो चर्चा

दुई सातामै ‘सिक्का नोटैमा’को दबदबा, ९० लाख बढी भ्युजले बढायो चर्चा

  • kollywood 1
  • शुक्रबार, २२ साउन २०८३
429
SHARES
दुई सातामै ‘सिक्का नोटैमा’को दबदबा, ९० लाख बढी भ्युजले बढायो चर्चा

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘सिक्का नोटैमा’ले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । सार्वजनिक भएको करिब दुई साताको अवधिमै गीतको भिडियोले युट्युबमा ९० लाखभन्दा बढी भ्युज पार गर्दै दर्शकको राम्रो साथ पाएको हो ।

गज्जब टिभीको प्रस्तुतिमा सार्वजनिक गरिएको यस गीतमा गायक तथा संगीतकार समीर खरेल र गायिका मेलिना राईको स्वर रहेको छ । डी कार्की (दानबहादुर कार्की)को शब्द रहेको गीतमा समीर खरेलले संगीत दिएका छन् ।

लोकप्रिय बन्दै गएको गीतको भिडियोमा अञ्जना बराइली र प्रदीप लामाले अभिनय गरेका छन् । पवन सुस्लिङको छायांकन, दृश्य सम्पादन तथा कलर रहेको भिडियोको निर्देशन पनि प्रदीप लामाले नै गरेका हुन् ।
निश्‍चल ओली निर्माता रहेको भिडियोमा बालकृष्ण ओली लाइन निर्माता र शैलेश खत्री कार्यकारी निर्माता छन् । भिडियो निर्माणमा ठूलो टिमको मेहनत रहेको छ । गीतको संगीत उत्पादन रिकेश गुरुङ ‘किज’ले गरेका छन् भने मिश्रण तथा मास्टरिङ पनि उनले नै गरेका हुन् ।

नेपाली मौलिक संगीतको स्वाद प्रस्तुत गरिएको ‘सिक्का नोटैमा’ सार्वजनिक भएदेखि नै युट्युब ट्रेन्डिङ तथा सामाजिक सञ्जालमा चर्चामा रहँदै आएको छ । छोटो अवधिमा प्राप्त गरेको ठूलो दर्शक प्रतिक्रियाले गीतको लोकप्रियता थप बढाएको छ ।


शुक्रबार, २२ साउन २०८३
सम्बन्धित समाचार
Go