यही भदौ ५ गते शुक्रबार रोहित बिष्टको नयाँ देउडा गीत ‘मनपरी पूर्वकी नानी’ सार्वजनिक भएको छ । रोहित बिष्ट र इब्सल सञ्ज्यालको स्वर रहेको गीतमा हिम्कत क्षितिजको शब्द तथा रोहित बिष्टको संगीत रहेको छ । कृष्ण बाजुरालीले संगीत संयोजन, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङ गरेका छन् ।
सुदूरपश्चिमको देउडा लयमा तयार गीतले पूर्व र पश्चिमबीचको प्रेमभावलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ । गीतमा पूर्वकी युवती र सुदूरपश्चिमका युवाबीचको आकर्षण, प्रेम, भेटघाट र विवाहसम्मको कल्पनालाई रोचक ढंगले समेटिएको छ ।
गीतको भिडियो दीपक पन्तको निर्देशन तथा कथा–अवधारणामा निर्माण गरिएको हो । भिडियोमा रोहित बिष्ट र शीतल गिरीले अभिनय गरेका छन् । ओमप्रकाश अवस्थी ‘ईश्वर’ले छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी सम्हालेका छन् ।
प्रेमकथा, रमाइलो प्रस्तुति र सुदूरपश्चिमेली देउडाको मौलिक स्वादलाई जोडिएको ‘मनपरी पूर्वकी नानी’ ले देउडा संगीतप्रेमी दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
पूरा भिडियो
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd